अब देशभर वर्षा, सतर्क रहन आग्रह

Break n Links
Break n Links

आज सोमबार (जेठ १० गते)देखि देशभर वर्षा हुने भएको छ। मनसुनी वायु देशभर फैलिएसँगै अब वर्षा हुने भएको हो। 

आइतबारसम्म मनसुन देशभर सक्रिय हुन सकेको थिएन। जसले पूर्वमा बाढी, पहिरो आउँदा पश्चिमममा भने गर्मीले सताएको थियो।  

सोमबार देशभर पश्चिमसम्म मनसुन सक्रिए भएसँगै अब पश्चिममा पनि बाढी, पहिरोको जोखिम हुनेछ। मौसम पूर्वानुमान महाशाखाले वर्षाबाट हुन सक्ने क्षतिबाट सतर्क रहन आग्रह गरेको छ। 

यस वर्ष निकै ढिला गरेर (१५ दिनका) देशभर मनसुन सक्रिय भयो। यो औषत मनसुन सक्रिय हुने समय भन्दा ढिला हो। सामान्यतया मनसुन भित्रिएको हप्ता दिनमा देशभर सक्रिय भइसक्छ। 

यस वर्ष जेठ २८ गते मनसुन नेपाल प्रवेश गरेको थियो। विशेष गरेर स्थानीय वायू सक्रिय हुन नसक्दा पूर्वीबाट भित्रिएको मनसुन देशभर सक्रिय हुन समय लागेको मौसमविद् बताउँछन्। 

प्रकाशित मिति: : 2024-06-24 16:28:00

प्रतिकृया दिनुहोस्