भाउजुको हत्या गरेको अभियोगमा यादव पक्राउ

Symbolic photo
Symbolic photo

महोत्तरीमा आफ्नै भाउजुकाे हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही नगरपालिका-४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे।

घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी रीतादेवीको जानकी एकेडेमिकमा उपचारको क्रममा मृत्यु भएको हाे।

उनलाई अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति: : 2024-06-27 18:27:00

प्रतिकृया दिनुहोस्