उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा, ब्राजिलकाे यात्रा समाप्त

photo: Agency
photo: Agency

उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ।

क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुट आउटमा ४-२ गोलले पराजित गर्दै उरुग्वे प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै देशले कुनै गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

यस खेलको ७४औँ मिनेटमा उरुग्वेका नाहितान नानडेजले रातो कार्ड पाएपछि उरुग्वे १० खेलाडीमा सीमित भएको थियो।

यो जितपछि उरुग्वेले सेमिफाइनलमा कोलम्बियाको सामना गर्ने भएको छ।

त्यस्तै हारसँगै ब्राजिलको कोपा अमेरिकाको यात्रा सकिएको छ।

प्रकाशित मिति: : 2024-07-07 09:06:00

प्रतिकृया दिनुहोस्