सप्तकोशी नदीको जलसतह बढ्दै गएपछि ५६ वटै ढोका खोलिएको छ। बिहान ९ बजेसम्म नदीको वहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६७० क्युसेक पुगेको सप्तकोशी जलमापन केन्द्रले जनाएको छ।
सप्तकोशी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्छ। त्यसभन्दा माथि भएमा आसपास क्षेत्रमा डुवान पर्छ। नदीको जलसतह अझै बढ्दो क्रममा रहेकाे छ।
नदीको वहाव बढ्दै गएपछि सप्तकोशी जलमापन केन्द्रले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन अनुरोध गरेको छ।