नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएकाे अभियाेगमा हाेटल सञ्चालक पक्राउ

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ परेका छन्।

सिन्धुली हरिहरपुर गाउँपालिका- १ घर भएका ३३ वर्षीय वीरबहादुर सिंतान र २५ वर्षीय सुविलाल सिंतानलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले सोमबार पक्राउ गरेको हाे।

उनीहरूले भक्तपुर मध्यपुर थिमि नगरपालिका- १ मनोहरा-जडिबुटीमा सञ्चालन गरेको सिन्धुली होटल ढिडो सर्भिस् एण्ड गेष्ट हाउसमा बालिकाहरूलाई राम्रो आम्दानी हुने काममा लगाइदिने प्रलोभनमा पारेर गेष्ट हाउसमा आएका ग्राहकहरूसँग शारीरिक सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको अनुसन्धानबाट खुल्न आएको छ। साथै प्रहरीले उक्त गेष्ट हाउसबाट तीन जना बालिकाहरूलाई उद्दार गरेको छ।

उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको जनाएको छ।

प्रकाशित मिति: : 2024-07-10 16:58:00

प्रतिकृया दिनुहोस्