सुनवलका समीर परियार राष्ट्रिय युवा प्रतिभा पुरस्कार- २०८१ बाट सम्मानित भएका छन्।
मर्यादित महिनावारी अभियन्ता, बाल अधिकारकर्मी एवम् युवाको क्षेत्रमा काम गर्दै परियारलाई युवा तथा खेलकुद मन्त्रालयले नगदसहित सम्मान गरेको हो।
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र मन्त्रालयका सचिव सुमनराज अर्यालले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन्।
सामाजिक विकास तथा समाज सुधारको क्षेत्रमा अनुकरणीय कार्य गरी नेपाली युवामा सिर्जनशीलता, उद्यमशीलता र सकारात्मक सोच प्रवाहीत गर्नका लागि उल्लेखनीय योगदान पुर्याएकाेमा उनलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ।
परियारलाई नगद १ लाख रुपैयाँसहित सम्मानपत्रद्धारा सम्मान गरिएको हो।