बुद्ध एअरको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा चिप्लेर रनवे बाहिर पुगेको छ।
राति १० बजेको समयमा भएको उक्त घटनामा विमानको अगाडिको चक्का धावनमार्गभन्दा पाँच मीटर बाहिरको जमिनमा पुगेको बताइन्छ।
उडान नम्बर बीएचए ८०५ विमान काठमाडौँबाट गएराति साढे ९ बजे उडेको थियो। विमानका ५९ जना यात्रुलाई सकुशल बाहिर निकालिएको प्रहरीले जनाएको छ।
जहाज केहीबरे धावनमार्गमै रहेको कारण विमानस्थल बन्द गरिएको थियो।