होटल द्वारिकाजकी सञ्चालक श्रेष्ठको निधन

काठमाडौँको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।

श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

९२ वर्षीया श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन्। 

प्रकाशित मिति: : 2024-07-18 13:15:00

प्रतिकृया दिनुहोस्