चंखेलीमा जीप दुर्घटना, पाँच जना गम्भीर घाइते

Break n Links
Break n Links

हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार बोलेरो जीप दुर्घटना भएकाे  छ। बुधबार बिहान ८ बजेको समयमा जीप दुर्घटना  हुँदा पाँचजना सख्त घाइते भएका छन्।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका– २ गर्खादेखि देउली बजारतर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।

चालकसहित सातजना सवार रहेको उक्त जीपमा पाँचजना सख्त घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक चन्दले बताए।

सख्त घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तीलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायानाथ नगरपाली– १३ का ४० वर्षीय पृथ्वी रावत र शाही रमेश मल्ल सख्त घाइते भएको जानकारी प्राप्त भएको छ।

उनीहरुको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। यस्तै बाजुरा बुढीनन्दा नगरपालीका– ४ घर भएका सावरी चालक महेन्द्र विक्रम शाह मध्यम र चंखेली गाउँपालिका– २ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन्।

दुर्घटना हुना साथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खाँण्डको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थलमा पुगेर उनीहरुको उद्धार गरिएको हो।

गौरी सल्लास्थित दुर्घटना भएको बोलेरो जीप सोही स्थानको मोडमा मोड्ने क्रममा सडकदेखि एकसय पचास मिटर तल खसेको छ।

प्रकाशित मिति: : 2024-08-21 11:03:00

प्रतिकृया दिनुहोस्