निर्मला न्यायका लागि ‘तराजु’

Break n Links
Break n Links

बेपत्तापछि हत्या गरिएकी बाँके परस्पुरकी निर्मला कुर्मीको न्यायका लागि अधिकारकर्मीहरूले तराजु बोकेर पैदलयात्रा सुरु गरेका छन्।

निर्मलाको न्यायका लागि अधिकारकर्मी रुवी खानसहित १२ जनाको टोलीले काठमाडौँमा पैदल यात्रा सुरु गरेका छन्।

बाँकेबाट काठमाडौँमा आएर कुर्मीको न्यायका लागि उनीहरूले १३औँ दिनदेखि कलंकीदेखि माइतीघर खाली खुट्दै पैदल यात्रा गर्ने गरेका छन्। दिभर माइतीघरमा धर्नापछि साँझ ६ बजे फेरि खाली खुट्टै कलंकी पुगेर सरकारलाई न्यायका लागि दबाब दिइरहेका छन्।

हिजो  मंगलबार १२औँ दिनसम्म पैदलयात्राका क्रममा व्यानरसहित संविधान हातमा लिएर उनीहरूले पैदल यात्रा गरेका थिए। आज बुधबारदेखि उनीहरूले व्यानर, संविधानको पुस्तकसहित जस्टिस (न्याय) लेखिएको तराजु बोकेर पैदल यात्रा गरेका छन्।

मंगलबारसम्म सरकारले आफूहरूको आवाज नसुनेको र आन्दोलनको स्वरुप परिवर्नत गर्दै बुधबारदेखि तराजु पनि बोकिएको अधिकारकर्मी खानले बताइन्।

नेपालगन्ज उपमानगरपालिका–१७ परस्पुरकी निर्मलाको १४ चैत २०७६ मा भारतमा हत्या भएको थियो। हत्यामा हालका लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीलगायत रहेको र उनीहरूमाथि अनुसन्धान गर्नुपर्ने माग गर्दै अधिकारकर्मीहरू आन्दोलनमा छन्।

पटक–पटक निर्मलाको न्यायका लागि अधिकारकर्मीहरूले आन्दोलन गरेको भए पनि सरकारले सम्झौता गर्ने र थामथुम पार्ने मात्र काम गरिरहेको छ। यस पटक ५औँ चरणको आन्दोलनको १३औँ दिन भए पनि सरकारले कुनै आवाज सुनेको छैन।

प्रकाशित मिति: : 2024-08-21 16:18:00

प्रतिकृया दिनुहोस्