काठमाडौँको नागढुंगा नजिकै पहिरो खस्दा अवरुद्ध भएकाे सडक एकतर्फी खुलेको छ।
चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा-झ्याप्ले खोला नजिकै बिहान करिब १० बजे पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो।
अहिले धादिङ र काठमाडौँतर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको प्रहरीले जनाएको छ।
पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध खुलाउन समय लागेको छ। सडक पूर्णरुपले सुचारु हुन अझै केही समय लाग्ने प्रहरीको भनाइ छ।