पूर्वगृहमन्त्री रवि लामिछाने छानबिन समितिकाे ‘कठघरा’मा

Break n Links
Break n Links

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा उपस्थित भएका छन्।

शुक्रबार बसेकाे समितिकाे बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने बयानका लागि उपस्थित भएका हुन्।

यसअघि बसेकाे समितिकाे बैठकले लामिछानेलाई बयानका लागि बोलाएकाे थियाे। उनलाई गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हाे।

समितिले आजैकाे बैठकमा गोर्खा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिएको छ।

प्रकाशित मिति: : 2024-08-23 16:04:00

प्रतिकृया दिनुहोस्