एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छाैँ: मन्त्री भण्डारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन्।

आइतबार वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कृतिम अभावलगायतका मूल्य समायोजनाका वस्तुहरूमा प्रभाव परेकाले उपभोक्ता अदालत गठन गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘अहिलेको उत्पादन कति छ? स्टक कति? उपभोक्ताहरूले त्यसको डाटा दिनुपर्ने छ। मन्त्रालयले डाटा ल्याउन चाँडै माग गर्नेछ। ड्यूटी घटाउन परेपनि घटाउँछौँ, तर सरकारले आव्हान गरेका कार्यक्रममा चिनी उत्पादन संघलाई सरकार नै चाहिन्छ। त्यसैले आपूर्ति श्रृंखलामा रहेका समस्यालाई सम्बोधन गर्न सरकार तयार छ। अनुगमन गर्नकै लागि एक महिनाभित्र उपभोक्ता अदालत गठन हुनेछ।’

साथै उनले उपभोक्ता श्रृखलाको चुनौती राज्यको नियन्त्रणमा नरहेको उल्लेख गरे। उनले उत्पादनमुलक वस्तुहरु मुलुकमा उत्पादन गर्न नसकेको र खुला सिमाका कारण उपभोक्ता श्रृखलाको चुनौति बढेको जिकिर गरे।

प्रकाशित मिति: : 2024-08-25 12:08:00

प्रतिकृया दिनुहोस्