पाकिस्तानमा बन्दुकधारीद्वारा राजमार्गमा गाडी राेकेर २२ जनाको गोली हानी हत्या

Photo - Asharq Al-Awsat
Photo - Asharq Al-Awsat

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा कम्तीमा २२ जनाको गोली हानी हत्या भएकाे छ।

बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान बन्दुकधारीले उनीहरूकाे हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन्। साथै  पाँच जना घाइते भएका छन्।

बलुचिस्तान सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको प्रान्त हाे।

मुसाखाइलका एक अधिकारीका अनुसार पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको हाे।

पञ्जाबबाट आउने-जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको ती अधिकारीले बताए।

हत्या गरिएकाहरूमा १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण रहेका छन्। 

प्रकाशित मिति: : 2024-08-26 13:35:00

प्रतिकृया दिनुहोस्