डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाहीबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पुनरावेदन समितिमा पुनरावेदनको निवेदन दिएका छन्।
ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा समितिमा पुनरावेदन निवेदन दिएका हुन्।
उनले आफूलाई पार्टीले हटाउने निर्णय गरेको ३५औँ दिन मात्र सोसम्बन्धी पत्र प्राप्त गरेको भन्दै आइतबार पार्टीको पुनरावेदन समितिमा निवेदन दिएको बताएका छन्।
उनले आफ्नो निवेदनमा पार्टी सभापतिविरुद्ध बोलेकै भरमा आफूमाथि कारवाही गरिनु निरङ्कुश शैली भएको उल्लेख गरेका छन्।
उनले पार्टी सभापतिमाथि सहकारी रकम ठगी, पासपोर्ट दुरुपयोग जस्ता आरोप लागेको र आफूले सोको विरोध गरेको निवेदनमा उल्लेख गरेका छन्।