ललितपुरकाे मनाेहरा खाेलामा हाम फालेकी युवतीकाे खाेजी कार्यका लागि गाेताखाेरकाे टाेली परिचालन गरिएकाे छ।
आइतबार साँझ साढे ६ बजेकाे समयमा ललितपुर महानगरपालिका बालकुमारीस्थित मनाेहरा खाेलामा १९ वर्षीय अञ्जली शर्माले हाम फालेकी थिइन।
हिजाे रातिसम्म नभेटिएपछि खाेजीकार्य स्थगित गरिएकाे थियाे। उनकाे आज (साेमबार) बिहान साढे छ बजेबाट पुन: खाेजीकार्य सुरु गरिएकाे प्रहरीले जनाएकाे छ।
नं. २१ दक्षिणकाली गणबाट सहायक प्रहरी निरीक्षककाे नेतृत्वमा १३ जना र नं. २० विपद उद्दार गणबाट सप्रसनिको नेतृत्वमा ४ जना गोताखोरसहित ९ जनाको टोली खटिएको प्रहरीले जनाएकाे छ।