म्यानचेस्टर युनाइटेडमाथि लिभरपुलको शानदार जित

इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो। लिभरपुलको जितमा लुइस डियाजले २ तथा मोहमद सलाहले एक-एक गोल गरेका थिए।

यो जितपछि लिभरपुलले यस सिजनमा लगातार तीन खेलमा जित हासिल गर्दै ९ अंक बनाएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यस सिजनमा यो दोस्रो हार हो। यो हारपछि म्यानचेस्टर युनाइटेडको ३ खेलमा ३ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2024-09-02 08:18:00

प्रतिकृया दिनुहोस्