स्टाटस हटेपछि बालेनले भने- गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ

File Photo
File Photo

काठमाडौँ महानरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू दोषी भए पक्राउ गर्नका लागि सरकारलाई चेतावनी दिएका छन्। होइन भने दोषीलाई पक्राउ गर्न भनेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’ लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मा र बालेनबीच विवादमा उनले यस्तो भनेका हुन्।

बालेनले सांसद शर्माले बालबालिकामाथि श्रम शोषण गरेको भन्दै उनीमाथि कारबाही गर्न माग गर्दै आइरहेका छन्। सरकारको नेतृत्व गरेको एमालेले सांसद शर्मालाई बचाउने गरी बालेनविरुद्ध खनिरहेको छ।

स्टाटस वार चलिरहेको समयमा बालेनको स्टाटससमेत फेसबुकबाट गायव भएपछि उनले एमालेले कम्प्लेन गरेका कारण स्टाटस आफ्नो फेसबुकबाट हराएको भनेका छन्। ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार’, उनले लेखेका छन्।

याे पनि...
प्रकाशित मिति: : 2024-09-03 18:02:00

प्रतिकृया दिनुहोस्