एप्पल फार्म राइडको आयोजना हुँदै, ६०भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने

रोयल एनफिल्डको प्रायोजनमा काठमाडौँ लिजेण्ड्सले एप्पल फार्म राइडको आयोजना गर्ने भएको छ।

यो राइडको मुख्य उद्देश्य लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको पर्यटन र स्थानीय परम्परा, संस्कृति, स्याउ फर्म र अन्य स्थानीय दर्शनीय क्षेत्रहरुको प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने रहेको छ।

लगभग ६० भन्दा बढी रोयल एनल्फिल्ड बाइकर्सहरु सहभागी हुने यस कार्यक्रममा सहभागीहरु स्थानीय होम स्टे र टेन्टमा बस्ने छन। भने, स्थानीय आमा समूहले आफ्नो खेतबारीमा उत्पादित अर्गानिक खानेकुराहरुको व्यवस्था गर्ने छन।

काठमाडौँ लेजेन्ड्स अगस्ट २०२०मा गठन भएको काठमाडौंका रोयल इन्फिल्ड उत्साही र साहसिक राइडरहरूको टोली हो। यो टोलीको मुख्य उद्देश्य मोटरसाइकलमा नेपालका अनपेक्षित क्षेत्रहरू अन्वेषण गर्नु र ती स्थानहरूमा पुग्न सवारहरूलाई उच्चस्तरको सडक सुरक्षा कायम गर्दै, व्यवस्थित गर्नु हो।

काठमाडौं उपत्यकाको उत्तरमा लगभग ७५ किलोमिटरको दूरीमा गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज १७१० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ।

यो निकुञ्ज विशेष वनस्पति र जनावरको संरक्षण गर्न स्थापित गरिएको हो।

यो निकुञ्ज तीन जिल्लामा फैलिएको छ। नुवाकोट, रसुवा र सिन्धुपाल्चोक पर्दछन्। लाङटाङ राष्ट्रिय निकुञ्जमा हरियो नदीको उपत्यकासम्मका दृश्यहरु, पुराना सल्ला, धुपी र गुराँसका वनहरु छन्।

त्यस्तै यो क्षेत्रमा पवित्र खोला नालादेखि उच्च उचाइमा पर्ने पवित्र तालहरूजस्तै विश्वप्रसिद्ध पवित्र गोसाइँकुण्ड ताल र लाङटाङ, गणेश र लिरुङ हिमालहरु पनि पर्दछन।

निकुञ्जलाई संकटमा रहेका रातो पाण्डा, हिमालयन कालो भालू, बाह्र सिंगेलगायतका विभिन्न जातका मृगहरु, चित्तल, घोरल आदि र २५० भन्दा बढी प्रजातिका चरा लगायतका जनावरहरुको लागि समेत प्रख्यात छ।

प्रकाशित मिति: : 2024-09-05 20:47:00

प्रतिकृया दिनुहोस्