बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ। भने, एकजना बेपत्ता भएका छन्।
बागलुङ नगरपालिका- ४, बान्द्रे खोलामा गएराति आएको बाढीमा कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ– ४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन्।
सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो। ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको छ।
अहिले पनि वर्षा भइरहेको हुँदा बेपत्ताको खोजीमा समस्या भएको प्रहरीले जनाएको छ।