कोक नदीको बहावका कारण थाइल्यान्डको आर्थिक केन्द्र चियाङ राई डुबानमा परेको छ।
चियाङ राईका विभिन्न क्षेत्रमा बिहीबार बिहानको भारी वर्षापछि जनजीवन अस्तव्यस्त भएको अधिकारीहरू बताउँछन्।
चियाङ खोङ, चियाङ सेन, माई चान, माई फाह लुआंग र माई साईमा बाढीको कारण १० हजारभन्दा बढी घरपरिवार प्रभावित भएका छन्।
थाई मिडियाकाअनुसार माई फाह लुआंगमा तीन जनाको मृत्यु भएको छ।
कोक नदीले वितण्डा मच्चाएपछि सडक, पुल, माई फाह लुआंग चियाङ राई अन्तर्राष्ट्रिय विमानस्थल, प्रान्तीय हललगायत स्थान डुबानमा परेका छन्।
तीव्र गतिमा बगिरहेको बाढीको पानीमा फसेकाहरूलाई बाहिर निकाल्न सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।