गिरीबन्धु टि–स्टेट नजिकै विस्फोट भएको कुकर बम फेला

बिर्तामोडको गिरीबन्धु टि–स्टेट नजिकै विस्फोट भएको प्रेसर कुकर बम फेला परेको छ।

बिर्तामोड-६ स्यालडागीस्थित गिरीबन्धु टि–स्टेट प्रालिभित्र रहेको शम्सेर एण्ड गंगादेवी टि–स्टेटको कम्पाउण्डको वाल बाहिर विस्फोट भएको कुकर फेला परेको प्रहरीले जनाएको छ।

छत्रबाबु गिरीले सञ्चालन गर्दै आएको सो टि–स्टेटको कम्पाउन्ड वाल बाहिर नेकपा (माओवादी) पूर्वी केन्द्रीय कमाण्डको पर्चा भेटिएको छ।

स्थानीयले बम विस्फोट भएको खबर प्रहरीलाई गरेका थिए। आज बिहान ६ बजे घटनास्थल पुगेको प्रहरीले पर्चासहित विस्फोट भएको कुकर बरामद गरेको छ।

प्रहरीका अनुसार सो स्थानमा विस्फोट भएको जस्तो नदेखिएको, अन्यन्त्र कतै विस्फोट गराई विस्फोटमा प्रयोग भएको सामानहरू ल्याई राखिएको जस्तो देखिएको छ।

प्रकाशित मिति: : 2024-09-13 10:29:00

प्रतिकृया दिनुहोस्