दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन्।
जेलबाट रिहा भएपछि आइतबार आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री पदबाट दुई दिनपछि राजीनामा दिने घोषणा गरेका हुन्।
उनले आफू जनताको घरघरमा जाने र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने दाबी गरे।
'म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताले निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन। म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन', उनले भने।