माओवादीले आजकाे संसद बैठकमा अवरोध नगर्ने

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रले आजकाे प्रतिनिधिसभा बैठकमा अवरोध नगर्ने भएको छ।

आजै बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादीले संसद बैठक अवरोध नगर्ने जानकारी गराएकाे हो।

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूचि रहेकाे छ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले आफूहरु 'हिंसा' शब्द हटाउनुपर्छ भन्ने पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले विदेश जाने विषयमा संसदमा सम्बोधन गर्न अवरोध नगर्ने बताएका हुन्।

उनले आफूहरु सभामुखको विरोधमा नरहेको बताउँदै आफ्ना कुरा राखेर संसद अवरोध नगर्ने स्पष्ट गरे। 

प्रकाशित मिति: : 2024-09-16 12:53:00

प्रतिकृया दिनुहोस्