दरबार मार्गमा ‘कन्सर्ट’को तयारी: सवारी आवागमन बन्द

काठमाडौंको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ। 

बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माण लगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ। 

‘काठमाण्डौंको दरवारमार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१/०६/०३ गते आयोजना हुने नेसनल डे कन्सर्ट को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१/०६/०१ गते २०ः०० बजेदेखि मिति २०८१/०६/०३ गते २०ः०० बजे सम्मको लागि केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रशालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको व्यहोरा जानकारी गराइन्छ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ। 

सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिकमञ्च टुँडिखेलमा आयोजना गर्दै छ। सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा सांगीतिक कार्यक्रम गर्दै छ।
 

प्रकाशित मिति: : 2024-09-18 09:43:00

प्रतिकृया दिनुहोस्