पाँचौँ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ।
गत शनिबार शारीरिक सुगठन प्रतियोगितामा उपाधि जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो।
हृदयघात भएपछि तत्काल धापासीस्कोस्थित ग्रान्डी अस्पताल पुर्याइएकोमा उपचारका क्रममा उनको निधन भएको हाे।
मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौँ जितेका थिए।