मेडिकल व्यवसायी दुर्गा प्रसाईं आइतबार पक्राउ परेका छन्।
नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार कसूरमा पक्राउ गरिएको साइबर ब्युरोका अधिकारीहरूले जनाएका छन्।
उनी विरुद्ध केही दिनअघि एक महिलाले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।
अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पूर्जी जारी गरेको थियो।