रवि लामिछाने पक्राउ पर्ने आशंकापछि रास्वपाले बोलायो आकस्मिक बैठक

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपत्यकाका नेता कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेका सभापति रवि लामिछाने पक्राउ पर्ने आशंकापछि रास्वपाले नेता कार्यकर्तालाई कार्यालयमा बोलाएको हाे।

सभापति लामिछाने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमा आकस्मिक छलफलमा जुटेका छन्।

सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडिया नेटवर्क प्रालिमा रकम खर्च गरेको हकमा  लामिछानेसहित चार जनालाई कानुनबमोजिम कारबाहीको सिफारिस गरेको थियो।

यसअघि आजै प्रहरीले गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: : 2024-09-22 19:03:00

प्रतिकृया दिनुहोस्