प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर ग्रीस प्रस्थान गरेका छन्।
मित्रराष्ट्र ग्रीसको एथेन्समा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औँ इन्टरनेसनल ड्रग इन्फोर्समेन्ट कन्फेरेन्समा सहभागी हुन आईजीपी कुँवर सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।
कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेशकुमार आचार्यसमेत सहभागी छन्।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामनासहित बिदाइ गरे।
आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन्।