धनुषा प्रहरीको हिरासतबाट भागेका ४ जना थुनुवा पक्राउ

Break n Links
Break n Links

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट भागेका ४ जना थुनुवा पक्राउ परेका छन्।

साेमबार बिहान प्रहरी हिरासतकाे भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएका थिए। तीमध्ये सत्यम झा तत्कालै पक्राउ परेका थिए।

पक्राउ पर्नेहरुमा धनुषाको विदेह नगरपालिका-७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका-१३ का ३३ वर्षीय अभास्कर कुमार यादव र जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्की रहेका छन्।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिका-२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका-७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र धनुषाको औरही गाउँपालिका-२ का २३ वर्षीय विशाल मुखिया, जनकपुरधाम उपमहानगरपालिका-१ का १७ वर्षीय सुमित मेस्तर र नगराइन नगरपालिका-२ का १८ वर्षीय मनिष मण्डल भने अझै फरार छन्।

प्रहरीका अनुसार हिरासतबाट भाग्नेहरू लागूऔषध मुद्दा र अभद्र व्यवहार मुद्दाका अभियुक्तहरू रहेका छन्। फरारहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-09-23 13:36:00

प्रतिकृया दिनुहोस्