दुर्गा प्रसाईंलाई छाड्न माग गर्दै सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको रिट

File Photo
File Photo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्न माग गर्दै सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन पुगेकाे छ।

साेमबार प्रसाईंका कानुन व्यवसायीले उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन्।

आइतबार साइबर व्युरोबाट डीएसपीको नेतृत्वमा गएको प्रहरी टोलीले साइबर अपराधको मुद्दामा उनलाई भक्तपुरबाट नियन्त्रणमा लिएको थियाे। 

प्रसाईंसहित उनीसँगै रहने युट्युवरहरु प्रकाशचन्द्र दाहाल र जीवन पाण्डेविरुद्ध साइबर ब्युरोमा परेको उजुरीका आधारमा प्रहरीले गत साता नै जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, बेश्यावृति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने गरेको भन्दै उजुरी परेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य ज्वाला संग्रौलालगायत पीडित महिलाले उनीहरुविरुद्ध साइबर व्युरोमा जाहेरी दिएका थिए।

प्रकाशित मिति: : 2024-09-23 14:22:00

प्रतिकृया दिनुहोस्