प्रकाशमानप्रति रविन्द्र मिश्रकाे कटाक्ष- दिदीकाे बचाउ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईंलाई हराएरै छाड्छु

Break n Links
Break n Links

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले कार्यवाहक प्रधानमन्त्री तथा कांग्रेस नेता प्रकाशमान सिंहप्रति नेपाल बाल संगठनको जग्गाबारे कटाक्ष गरेका छन्।

उपाध्यक्ष मिश्रले मंगलबार सामाजिक सञ्जालमार्फत प्रकाशमानले आफ्नी दिदी रिता सिंह वैद्यकाे बचाउ गर्न मुद्दा नै ढिसमिस गर्न खोजेकाे आरोप लगाए।

उनले अबकाे चुनावहरूमा मन्त्री सिंहलाई हराउने चेतावनीसमेत दिए।

‘अब तेस्रो पटक, अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईंलाई नहराई त कहाँ छोडुँला र!’, उनले लेखेका छन्।

उनले चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत नबढ्ने भन्दै त्यो अनुरूपको काम हुनुपर्ने बताए।

मिश्रले उपप्रधान एवं शहरी विकासमन्त्रीसमेत रहेका सिंहकाे इज्जत शून्य रहेकाे भन्दै आफ्ना लागि दूरदराजका असल शिक्षकको इज्जत उनको भन्दा दशौँ गुणा बढी हरेकाे बताए। 

रविन्द्र मिश्रले लेखेका छन्:

एक्लै-एक्लै फाइट गर्ने?

एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ। तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले।
तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभा'छ?
चुनाव जित्दैमा, मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत बढ्ने होइन। इज्जत बढ्न त त्यो अनुरूपको काम हुनुपर्छ, जुन तपाईँमा शून्य छ।
मेरा लागि दूरदराजका असल शिक्षकको इज्जत तपाईँजस्ता मन्त्री/प्रधानमन्त्रीको भन्दा दशौँ गुणा बढी छ।
अब तेस्रो पटक, अनाथ बालबालिकाको 'बाल मन्दिर' नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न "मुद्दा नै ढिसमिस गर्न खोज्ने" तपाईँलाई  नहराई त कहाँ छोडुँला र!
जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ। यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला।

प्रकाशित मिति: : 2024-09-24 16:38:00

प्रतिकृया दिनुहोस्