अपडेट: बाढीपहिरो र डुबानमा परेर २१७ जनाको मृत्यु, २८ अझै बेपत्ता

Break n Links
Break n Links

गत हप्ताको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म २ सय १७ जनाको मृत्यु भएको छ। विपद्मा परि २८ जना बेपत्ता छन्। 

प्राकृतिक विपद्मा परेर १ सय ४३ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। 

बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भइरहेको तिवारीले जानकारी दिएका छन्। 

बाढी प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको समेत उनले जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2024-10-01 08:36:00

प्रतिकृया दिनुहोस्