रास्वपाको अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले राजीनामा दिएका छन्।

न्यौपानेले आयोगको उपप्रमुख पदबाट राजीनामा दिएको रास्वपाका एक नेताले बताए। ती नेताका अनुसार न्यौपानेले बुझाएको राजीनामा स्वीकृत भइसकेको छ।

पार्टीको सक्रिय राजनीति गर्नका लागि उनले आयोगबाट राजीनामा दिएको बुझिएकाे छ। 

प्रकाशित मिति: : 2024-10-17 12:30:00

प्रतिकृया दिनुहोस्