जारी साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा नेपाल र भुटान बराबरी खेलेका छन्।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा नेपाल र भुटान गोलरहित बराबरी खेलेका हुन्।
नेपालले पहिलो हाफमा केही अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेन। यस खेलमा नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी भने क्लबले रिलिज नगरेपछि खेलेकी छैनन।