प्रचण्डले गरे रारा क्षेत्रको अवलोकन, जुम्लाको जनसभालाई सम्बोधन गर्ने

Break n Links
Break n Links

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जुम्लामा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन्।

सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई उनले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

अध्यक्ष प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हाे। त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन्।

आजै काठमाडौँबाट नेपालगञ्ज हुँदै मुगुको रारा र जुम्लाको सिंजा कनकासुन्दरी अवलोकन गरी यहाँ आयोजित जनसभालाई सम्बोधन गरेर फर्कने कार्यक्रम रहेको छ।

क्याप्सनः मुगुको रारा क्षेत्रमा अध्यक्ष प्रचण्डलाई स्वागत गरिदै ।

प्रकाशित मिति: : 2024-10-21 11:17:00

प्रतिकृया दिनुहोस्