पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा निरन्तर आन्दाेलन गर्दै आइरहेकाे राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज (मंगलबार) बालुवाटारमा प्रदर्शन गर्दैछ।
आज अपराह्न १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा प्रदर्शन गर्ने तयारी रहेकाे रास्वपाले जनाएकाे छ। रास्वपाले याे प्रदर्शनलाई ‘राजनीतिक प्रतिशाेध र अधिनायकवादविरुद्ध वृहत प्रदर्शन’ भनेकाे छ।
प्रहरीले रविलाई संगठित अपराधमा (सहकारी ठगी) अनुसन्धानका लागि पक्राउ गरेकाे छ। उनी हाल कास्की जिल्ला प्रहरीकाे हिरासतमा रहेका छन। अहिले उनकाे जिल्ला सरकारी वकीलकाे कार्यालयमा बयान चलिरहेकाे छ।
अनुसन्धनमा रहेका व्यक्तिलाई रिहा गर्नुपर्ने भन्दै रास्वापले निरन्तर प्रदर्शन गर्दै आइरहेकाे छ।
रास्वपाले काठमाडाैँका अलवा पाेखारा, चितवनलगायत स्थानमा पनि विराेध प्रदर्शन गर्दै आइरहेकाे छ।