नारायणगढ-मुग्लिन सडकखण्ड अन्तरगत सत्रकिलोमा बस र ईलेक्ट्रिक हायस ठोक्किदा ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा इलेक्ट्रिक हायसमा सवार गोर्खा आरुघाट गाउँपालिका १ मान्बु बस्ने करिब ४० वर्षीय राज बहादुर गुरुङ रहेका छन्। अरु दुई जना पुरुष र एक महिलाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीले जनाको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूकाे पनि अहिलेसम्म परिचय खुलेकाे छैन।
मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नं. को बस आज शुक्रबार बिहान ३ बजेको समयमा एक आपसमा ठाेक्किएका थिए।