आज शुक्रबार देशका पहाडी भूभागमा छिटपुट रूपमा हल्का वर्षा हुने सम्भावना रहेकाे छ। माैसम पूर्वानुमान महाशाले जारी गरेकाे बुलेटिनअनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।
वर्षाकाे सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेकाे छ।
हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाे छ। अहिले बिहान काठमाडाैँ उपत्यकासहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।