सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन भएकाे छ।
शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्चकाे न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो।
असोज ११ गतेको न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो। आज शुक्रबार नै उनीहरूको सुनुवाइ गरिएको थियो।