लण्डन दूतावासका नवनियुक्त उपनियाेग प्रमुखसँग जी- १०का सदस्यहरुकाे भेटवार्ता

गाेर्खा मुद्दाकाे त्रिपक्षीय वार्तामा भूतपूर्व गाेर्खाहरुकाे प्रतिनिधित्व गर्ने जी- १०का सदस्यहरुले लण्डनस्थित नेपाली दूतावासका नवनियुक्त उपनियाेग प्रमुख विपिन दुवाडीसँग भेटवार्ता गरेका छन्।

नेपाल सरकारले गोर्खाहरुको तर्फबाट नियूक्ति गरेको वार्ता प्रतिनिधि धर्मबहादुर तामाङ, बिजीडब्लुएसका अध्यक्ष टिकेन्द्र दल देवान, गेसाे सभापति कृष्ण कुमार राई, अनशनकर्ता धनबहादुर गुरुङ, पुष्पराणा घलेलगायतकाे टाेलीले उपनियाेग प्रमुख दुवाडीसँग भेटेर परिचयात्मक वार्ता गरेकाे हाे।

त्यसक्रममा दवाडीले गाेर्खाहरुकाे समस्याबारे अवगत भएकाे बताउँदै साेहीअनुसार अगाडि बढ्ने कुरामा जाेड दिएकाे गेसाे सभापति राई जानकारी दिए।

उनले आफूले गर्नुपर्ने अन्य धेरै काम भएतापनि प्रमुख काम गाेर्खाहरुकाे समस्या समाधान नै भएकाे उल्लेख गरे। ‘म गोर्खामा जन्मेको हुँदा मैले गोर्खाहरुको समस्याबारे बुझेको छु र आउने दिनमा जी- १०का बैठक राख्ने छु सबैको उद्देश्य एउटै भएकोले आउने बैठकमा सबै आउँछन भन्ने आशा गरेको छु’, जी- १० सदस्यहरुले जारी गरेकाे प्रेस नाेटमा दुवाडीलाई उदृत गर्दै भनिएकाे छ।

दुई घण्टासम्म चलेकाे कुराकानीमा धेरै सकारात्मक कुराहरु भएकाे र त्यसबाट गाेर्खाहरुकाे समस्या समाधानका लागि केही सहजता प्रदान गर्ने गेसाे सभापति राईले उल्लेख गरे।

प्रकाशित मिति: : 2024-11-07 08:50:00

प्रतिकृया दिनुहोस्