सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ।
लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराइन लागेकाे हाे। उनीमाथि फेरि म्याद थपकाे तयारी गरिएकाे छ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि यसअघि तीन पटक म्याद थप गरिएकाे थियाे।
उनीमाथि पटक–पटक म्याद थप गरिएपछि रास्वपाले भने सरकारले प्रतिशोधपूर्ण व्यवहार गरेकाे आरोप लगाउँदै आएकाे छ। लामिछाने पक्राउको विरोधमा आज पनि रास्वपाले पोखरामा प्रदर्शन गर्ने भएको छ।