कस्ताे रहला आजकाे माैसम?

Break n Links
Break n Links

देशमा आज वर्षाकाे सम्भावना रहेकाे छैन। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। वर्षा गराउने वायु सक्रिय नहुँदा आज वर्षाकाे सम्भावना कतै छैन। 

बिहान पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

तर आज गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। 

प्रकाशित मिति: : 2024-11-29 06:15:00

प्रतिकृया दिनुहोस्