जापानमा १४औँ नेपाल फेस्टिवल हुँदै

Break n Links
Break n Links

जापान हुन लागेको १४औँ नेपाल फेस्टिवलको हुँदैछ। ‘नेपाल र नेपालीको जापानमा पहिचान, १४औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवद्र्धन’ भन्ने मूल नाराका साथ मंसिर १५ र १६ गते (तदनुसार नोभेम्बर ३० र डिसेम्बर १ ) टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल हुन लागेको हो।

विशेषगरी जापानमा ‘नेपाली हाउस’ निर्माणका लागि सहयोग जुटाउन यो फेस्टिवलको आयोजना गरिएको जनाइएको छ। जापानमा नेपाल र नेपालीको पहिचान झल्कने नेपाली हाउस नामक बहु सांस्कृतिक केन्द्रको निर्माण समेत यस फेस्टिवलको उद्देश्य रहेको आयोजक गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले जनाएको छ।

फेस्टिवलकाआर्थिक संकलन अभियान, स्टल बुकिङ, स्वयम् सेवक टिम र विभिन्न भेषभूषा मौलिक कला सस्कृति, नेपाली संस्कृतिका प्रतिभा देखाउने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नविन निउरेले जानकारी दिए।

उनका अनुसार  एनआरएनए जापान, जापानका लागि नेपाली राजदुतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा फेस्टिवल गर्न लागिएको उनको भनाइ छ। १४औँ नेपाल फेस्टिवल सञ्चालन हुनेस्थलका लागि स्टल, स्टेज लगायत रहने स्थानको डिजाइनिङ अन्तिम रुपमा पुगेको जानकारी दिँदै फेस्टिवल मूल आयोजक समितिका उपसंयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष सुभास लामिछानेले विगतका वर्षमा भन्दा यस वर्ष स्टलको सख्या वृद्धि गरिएको र कार्यक्रम हुने स्थान समेत फराकिलो हुने भएको बताए।

नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा डकुमेन्ट्री र फोटो प्रदर्शनको आवश्यक संयोजन गर्ने कार्य पनि भइरहेको प्रवक्ता खगराज गौतम बताए। ‘यस पटकको नेपाल फेस्टिवलमा नेपाललाई चिनाउने गरि स्टलको व्यवस्था गरि नियमित रुपमा डकुमेन्ट्री प्रदर्शन र फोटो प्रदर्शन गरिने छ’, गौतमले भने।

नेपाल फेस्टिवलका लागि स्टल बुकिङ भइसकेको छ। जसअनुसार फेस्टिवलमा ४० वटा व्यापारिक स्टल रहने छन्। जसमा १२ वटा नेपाली खानाको र अन्य व्यापारिक तथा आयोजकको प्रयोजिनका लागि रहने छन्। फेस्टिवलमा नेपाली खाना, नेपाली कपडा र अन्य नेपाली उत्पादनको कारोबार हुने छ।

फेस्टिवलको अनुमानित खर्च एक करोड ४० लाख येन रहेको एनआरएनए जापानका प्रवक्ता गौतमले जानकारी दिए। फेस्टिवलमा दिपओए फाउन्डेसन जापान, पूर्ण ट्रेडिङ, एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन, व्यवसायी राजन भट्टराई, पे एनपीएल नाकम क्रेडिट कार्डले मुख्य आर्थिक सहयोग गरेको एनआरएनए जापानले बताएको छ।

गैरआवसीय नेपाली संघ एनआरएन जापानले सन् २०१२ देखि जापानमा नेपाल फेस्टिवलको गर्दै आएको छ। 

प्रकाशित मिति: : 2024-11-29 09:16:00

प्रतिकृया दिनुहोस्