भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक काठमाडौं आइपुगेका छन्।
अनौपचारिक भ्रमणका लागि शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनलाई परराष्ट्रमन्त्री डा.आरजू राणा देउवाले स्वागत गरेकी थिइन्।
रानी तेत्सुन पेमा वाङचुकसहित केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनी अहिले स्वयम्भू पुगेका छन् ।
भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौंमा आएका उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ।