सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइसम्बन्धी नीति एक महिनाभित्र आउने बताएका छन्।
शुक्रबार एक विद्यालयकाे कार्यक्रममा गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि एक महिनाभत्रि नीति ल्याइने बताएका हुन्।
‘आइटीको क्षेत्रमा एआइको पोलिसी एक महिनाभित्र आउँछ। तर यसको लागि लिगल (कानुन) के–के चाहिन्छ। कानूनी रुपमा के–के गर्नुपर्छ? मिलाउनुपर्ने कुरा के–के छन् त्यो मिलाउँदै जानुपर्ने अवस्था छ’, उनले भने।
उनले सञ्चार मन्त्रालय आइटी क्षेत्रसँग बढी केन्द्रित रहेको पनि बताए।