आज देशका विभिन्न ठाउँमा वर्षाको सम्भावना, यस्तो छ आगामी तीन दिनको अवस्था

Break n Links
Break n Links

आज सोमबार देशभर विभिन्न ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। बिहान देशभर सामान्यतया बदली रही तराई क्षेत्रमा हुस्सु लागेको भए पनि दिउँसोबाट भने देशका पहाडी तथा हिमाली भु-भागमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बीनी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भु-भागमा आंशिक देखि साधारणतया बदली रहने र केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

दिउँसो बाँकी प्रदेशका पहाडी भु-भागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका धेरै स्थानहरूमा तथा  गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना पनि रहेको छ।

यस्तै राती कर्णाली प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भु-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

कर्णाली प्रदेश लगायत देशका पहाडी भु-भागका थोरै स्थानहरु राती हल्का वर्षाको सम्भावना रहेको छ। 

२०८१ मंसिर २५ गते (मंगलबार)

दिउँसोː कोशी प्रदेशका  पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ। 

रातीː कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ। 

२०८१ मंसिर २६ गते (बुधबार)

दिउँसोː कोशी प्रदेशका  पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ । 

रातीː कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहने छ। 

प्रकाशित मिति: : 2024-12-09 08:55:00

प्रतिकृया दिनुहोस्