हुम्लामा यस वर्षको पहिलोपटक हिमपात भएको छ। अहिले बिहानीपख जिल्लाका माथिल्ला भुभाग सेताम्मे भएको छ। आइतबार रातीदेखि यहाँ हिमपात सुरु भएको थियो।
हिमतपातले चिसो बढाएको छ। यस वर्षको हिमपात ढिला गरी भएको बताइएको छ। हिमपात भएसँगै पानी नपरेर समस्यामा रहेका कृषकलाई भने खुसी बनाएको छ।
हिमाली जिल्लामा हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास गरिन्छ।