बीआरआईमा अनुदान लिनुपर्ने कांग्रेसकाे पुरानै अडान

नेपाली कांग्रेसले चीनसँग बीआरआईअन्तर्गत ऋण नभई अनुदान लिनुपर्ने निर्णय अहिलेपनि कायमै राखेको बताएकाे छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द नगर्ने पार्टीको धारणा रहेको बताए।

‘हिजो हाम्रो पार्टीको निर्णय ऋण होइन, अनुदान मात्रै हो भन्ने थियो। त्यही निर्णयमा आज पनि कायम छौँ। अहिले भएको समझदारीले अनुदान लिने बाटो बन्द गर्दैन। ऋण अपवादमा पर्न पनि सक्छ भन्ने व्याख्या भएको छ। सरकारले त्यहीअनुसार परियोजना अगाडि बढाउँछ भन्ने हामीलाई विश्वास छ’, उनले भने। 

प्रकाशित मिति: : 2024-12-09 12:45:00

प्रतिकृया दिनुहोस्