भ्रष्टाचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले शान्ति सुरक्षा सुदृढ गर्न कुनैपनि सम्झौता नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बाेल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले शान्ति सुरक्षा, लोकतन्त्र प्रवाह हुनुपर्ने सेवाको स्थिति सुदृढ गर्न कुनैपनि सम्भझौता नहुने र सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

‘भ्रष्टाचार र अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन। अपराध गर्नेहरु सबै कानुनी दायरामा आउनुपर्छ। हाँसेर मात्र सेवा प्रवाह गरेमात्र आधा समस्या समाधान हुन्छ। काम कसरी सम्पन्न गर्न सकिन्छ भन्नेमा मात्रै केन्द्रित हुनुपर्छ’, उनले भने।

गृहमन्त्री लेखकले दश वर्षे सशस्त्र द्वन्द्वका बेला पनि दुई ठूला दलहरु मिलेर समस्या समाधान गरेको बताए। दुई ठूला दल एमाले काँग्रेस मिलेर संविधान बनाएको दाबी गरे।

‘यो सरकार केही मानिसहरुलाई मन्त्री बनाउन र सरकार बनाउनका लागि मात्र सरकार बनेको हैन। केही विशेष परिस्थितलाई सम्बोधन गर्न हामी एक ठाउँमा उचिएका हौं’, उनले भने, ‘आर्थिक क्रियाकलाप कमजाेर बने। त्यसलाई चलाएमा बनाउन हामी एक ठाउँमा उभिएका हौँ। ६८ वर्षमा ७ वटा संविधान बनाउने विश्वका विरलै मध्ये एक नेपाल हो। धेरै संविधान बनाउनु भनेको देश अस्थित हुनुहो। हामी स्थितरका लागि सरकार बनाएका छौं।’

जनतामा डेलिभरीको समस्या भएकाे भन्दै गृहमन्त्री लेखकले धेरै विषय गृह मन्त्रालयसँग जोडिएकाले मातहतका निकाय चनाखो हुनुपर्ने अवस्था रहेको बताए।

प्रकाशित मिति: : 2024-12-09 13:33:00

प्रतिकृया दिनुहोस्